2026/07/30

सिरहाबाट बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुँदै

Admin
Admin

२०८२-०९-२५

303
Shares
सिरहाबाट बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुँदै

पुष २५, २०८२

नेपाली कांग्रेस सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका बहुमत प्रतिनिधि महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले समर्थन गरेका विषेश महाधिवेशनमा भाग लिन गइरहेका छन् । केही महाधिवेशन प्रतिनिधि काठमाडौं पनि पुगिसेकेका छन् ।

सिरहाका-४ निर्वाचनका १०३ जना महाधिवेशन प्रतिनिधि छन्। जसमध्ये क्षेत्र–१ बाट १५ जना, क्षेत्र–१०, क्षेत्र–२५ र क्षेत्र–४ बाट १२ जना गरी ६२ जना सहभागी भइरहेको जिल्ला सचिव शैलेन्द्र यादवले जानकारी गराए । अझै थपिने क्रम बढ्ने उनको दाबी छ ।

विगतमा पार्टी सभापति शेरबहादुर देउवा पक्षमा रहेका जिल्ला सचिव यादव,सह–सचिव रामबाबु यादव,उपसभापति सुनिल कुमार महतोलगायत विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर पठाउने कार्य गरिरहेका थिए । नेपाल ट्रेड युनियन कांग्रेसका सभापति संजीव उपाध्याय पनि सहभागी थिए । उनी कोइराला पक्षका थिए ।  

शेखर कोइराला पक्ष मानिएका महासमिति सदस्य डा.सुभाष चन्द्र यादव,पूर्वजिल्ला उपसभापति रामसुन्दर चौधरीलगायत पनि हस्ताक्षर गर्नेमा थपिएपछि सिरहामा अब शेखर कोइराला र देउवा पक्षमा महाधिवेशन प्रतिनिधि कम देखिएको छ। विशेष महाधिवेशनमा बहुमत भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

‘देशको अहिले राजनीतिक अवस्था फेरिएको छ। कांग्रेसमा आम नागरिकले पनि सुधार खोजिरहेको छ। विधानको पालना मुख्य विषय हो । अहिलेको नेतृत्वमा पार्टी चुनावमा जाँदा राम्रो सन्देश जाँदैन,'सचिव यादवले भने,‘पार्टीले समयमै नियमित महाधिवेशन गर्नुपथ्र्यो । त्यो विभिन्न बहानामा ढिलाइ गरेको छ। अब विशेष नै हुनुपर्छ ।’ आम कार्यकर्ताको आवाज नेतृत्व वर्गले सम्बोधन गर्नुपर्ने उनले सुनाए ।   

303
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja