2026/07/29

डा. संगीता कौशल मिश्रसहित ५ जनाको नाम मन्त्री बनाउन पठाइयो राष्ट्रपति कार्यालय

Admin
Admin

२०८२-०६-०५

325
Shares
डा. संगीता कौशल मिश्रसहित ५ जनाको नाम मन्त्री बनाउन पठाइयो राष्ट्रपति कार्यालय

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारअन्तर्गत थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्रालाई सिफारिस गरिएको छ। उनले आइतबार मात्रै राजीनामा दिएकी थिइन्। स्वास्थ्य सचिव नियुक्तिमा असन्तुष्टि जनाएर झन्डै ६ महिना बिदामा बसेकी उनी मन्त्री बन्ने भएपछि गत बिहिबार मन्त्रालय फर्किएकी थिइन्।

कृषि मन्त्रालयमा पूर्व राज्य पुनर्संरचना आयोग संयोजक मदन परियार, सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सिफारिस गरिएको छ।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

325
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja