अछाम -
नेपाल विद्यार्थी संघ अछामको आयोजनामा अछाम बहुमुखी क्याम्पसहुँदै मंगलसेन बजार र दबरबार क्षेत्र सरसफाइ गरिएको छ । शुक्रबार नेपाल विद्यार्थी संघका नेता रितिक स्वारको नेतृत्वको टोलीले सरसफाइ गरेको हो ।
विद्यार्थी राजनिति पछिल्लो सायमा सुस्ताइ रहेको र सडकदेखि सदनसम्म आवाज पुर्याउनका लागि विभिन्न कार्यक्रम आयोजना गरिने र पहिलो चरण बजार सरसफाइबाट सुरु गरेको उनले बताए । अछाम बहुमुखी क्याम्पका इकाइ सभापति गणेश अधिकारी , नेवि संघका नेता राजेश बोगटी , हेम विश्वकर्मा लागायतको टोलीले सहयोग गरेको नेता स्वारले बताए ।
यसअघि पनि अछाम दरबार क्षेत्रलाई चिनाउनको लागि राष्ट्रिय झण्डा गाडेर पर्यटक भित्राउने अभियायनको नेतृत्व पनि स्वारले नै गरेका थिए । सामाजिक काममा अग्रसर हुनु र यस्ता खालका अभियान चलाउन पछिल्लो समयका युवा पुस्ता सुस्ताइ रहेको बेला केही गर्ने जमर्कोका साथ विभिन्न कार्यक्रमहरु गरिरहेको उनले बताए ।
आगामी दिनमा पनि अन्य रचनात्मक क्रियाकलापहरु संचालन गरेर विद्यार्थीहरुलाई आबद्ध गराउने उनको भनाइ छ । समाजका अन्य विकृती , विसंगतीका विरुद्धमा पनि अभियान चलाउने गरि छलफल भइरहेको नेता स्वारले बताए । महिला , बालबालिका , ज्येष्ठ नागरिकको सहायताका लागि नेकि संघ अछाम र अछाम बहुमुखी क्याम्पसमा गठित नेवि संघले संयुक्त कार्यक्रम आयोजन गर्ने बताए ।
आगामी दिनमा पनि सरसफाइ लगायतका कार्यक्रमलाई निरन्तरता दिने नेता स्वारले बताए । सरसफाइ गर्न अछाम बहुमुखी क्याम्पसका नेबि संघमा आबद्ध २० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।