2026/07/28

पर्यटकको आकर्षक गन्तव्य बन्दै लुंग्राको ऐतिहासिक फूल ढुंगा

Admin
Admin

२०८१-१०-२६

485
Shares
पर्यटकको आकर्षक गन्तव्य बन्दै लुंग्राको ऐतिहासिक फूल ढुंगा

अछाम  -  गाउँको एक छेउमा छेउमा छ फूलका बुट्टाजस्तै देखिने ठूलो ओडार (गुफा) सहितकोे ऐतिहासिक ढुंगा । यो ढुंगासँग पुर्खाहरुले गर्ने खेतिपाती र वादी समुदायको बासस्थान जोडिन्छ । फूलकाजस्ता बुट्टा र फूलको आकारमा ढुंगा देखिने भएकाले धेरै पहिलेदेखि नै यो ढुंगाको नाम फूल ढुंगा राखिएको स्थानीय बताउँछन् ।

अछामको चौरपाटी गाउँपालिका –५ को लुंग्रा गाउँमा अवस्थित फूल ढुंगा पर्यटकीय हिसाबले पनि हेर्ने गरिएको छ । अग्लो डाडामा करिब ६ सय मिटर लम्बाइ , ४ सय मिटर चौडाइ र करिब ४ सय मिटर उचाइ रहेको ढुंगामाथि पुर्खाहरुले कोदने , धान र गहुँ  चुट्नलाई प्रयोग गर्ने गरेको लुंग्राका स्थानीय खेम खड्काले बताए । अहिले लुंग्राका धेरै घर रित्तिएका छन् । अछामका अरु ठाउ“भन्दा साविकको लुंग्रा गाविका गाउँहरुमा बसाइ सराईको प्रभाव परेसँगै यहाँ रहेका धार्मीक र ऐतिहासिक वस्तु पनि लोप हुन थालेको खड्का बताउँछन् । 

सयौं वर्ष अगाडी वर्ष अगाडि सो ढुंगाकोमुनि रहेको ओडारमा बादी समुदायको बसोबासको इतिहास रहेको चौरपाटी गाउँपालिका –५ लुंग्राका वडाध्यक्ष हिमकर्ण खड्काले बताए ।‘ सयौं वर्ष पहिले बादी समुदायका करिब १५ जनाको परिवार यो ढुंगामुनि बस्ने गरेको बुढापाकाहरुले भन्छन् । ढुंगा फुटेर टुक्रिदा १० जना जति च्यापिएर मरेको भन्ने इतिहास पनि सुनिन्छ ’ वडाध्यक्ष खड्काले भने ।

लुंग्रामा रहेको फूल ढुंगा यो क्षेत्रको ठूलो ढुंगाको रुपमा चिनिने गरेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर खडेकाले बताए । ‘अहिले धेरै मान्छे फूल ढुंगा भएको ठाउँसम्म घुम्न आउने गरेका छन् । यो ठाउ“लाई पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउने योजना रहेको छ’ साउदले भने ,‘फूल ढुंगाको ऐतिहासिक र प्राविधिक अध्ययन गरे आगामी आवमा यसको विकास गर्नका लागि बजेट विनियोजन गर्ने तयारीमा छौं ।’

गाउँ रित्तएसँगै प्रयोग विहिन् बनेको फूल ढुंगा अहिले भने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । सामानिजक संजालमा राखिने छोटो भिडियोहरु देखेर आन्तिरिक पर्यटकहरु दसैं पछाडी धेरै आउन थालेको उनले बताए । पुरानो र पुर्खाहरुको कर्मसँग जोडिएको ढुंगामा झारि उम्रिएको र बिरानो बन्दै गएको देखेपछि दसैं बिदा मनाउन गाउँ आएका युवाहरुको संक्रियतामा फूल ढुंगामा दुई वटा नेपालको राष्ट्रिय झण्डा गाडियो । ठूलो ढुंगामाथि राष्टिय झण्डा फहराएको देखेपछि लुंग्राहुँदै चौरपाटी गाउँपालिकाको केन्द्रसम्म पुग्ने जोकोहीले पनि फूल ढुंगाको अवलोकन गर्ने गरेका छन् ।

        


 

485
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja