2026/07/29

भीम रावलले ओलीको नाम लिन छाडे

Admin
Admin

२०८१-१०-०९

445
Shares
भीम रावलले ओलीको नाम लिन छाडे

मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री  डा.भीमबहादुर रावलले सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम उच्चारण गर्न छाडेका छन् ।

नेकपा एमालेको दशौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका कारणले आफूलाई पार्टीबाट निकालिएको दाबी गर्दै हिँडेका रावलले गृहजिल्ला अछामका विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोल्ने क्रममा ओलीलाई आरोप लगाउन तथा नाम उच्चारण गर्न छाडेका हुन् ।

स्थानीय पञ्चदेवल विनायक नगरपालिकामा आयोजित राष्ट्रपति रङिन शिल्ड छनौट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै रावलले देश विकासको मुख्य बाधक अहिलेका राजनैतिक दल र दलको नेतृत्व रहेको बताए । मुलुकभित्र रोजगारी सृजना नहुँदा युवाहरू विदेश पलायन भइरहेकोमा दुःख व्यक्त गरेका रावलले रोजगारी सृजनामा नेताहरू चुकेको आरोप लगाए ।

‘दलहरूले व्यवस्था र सरकार परिवर्तन गरिरहे तर जनताको अवस्था परिवर्तन भएन’ उनले भने । देशभक्तहरुलाई मुलुकको हितका लागि आफ्नो अभियानमा लाग्न डाः रावलले आग्रह गरे ।

शनिवार अछाम पुगेका रावलले यसबीचमा तीन वटा कार्यक्रमलाई सम्बोधन गरेका छन् । तर ती कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको नाम उच्चारण गरेका छैनन् ।

445
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja