2026/07/28

कमलबजार विमानस्थलमा सफल परीक्षण उडान , आजै उद्घाटन हुने

Admin
Admin

२०८१-०९-१३

871
Shares
कमलबजार विमानस्थलमा सफल परीक्षण उडान , आजै उद्घाटन हुने

पुस ११, अछाम

अछामको कमलबजार विमानस्थलमा शनिबार दिउँसो सफल परीक्षण उडान सम्पन्न भएको छ। तारा एयरको विमानले कमलबजार विमानस्थलमा पहिलो पटक सफलतापूर्वक अवतरण गरेसँगै विमानस्थल सञ्चालनको बाटो खुलेको छ।

विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु भई २०५८ सालमा सम्पन्न भए पनि त्यसबेला परीक्षण उडान नगरी नै तत्कालिन विद्रोही नेकपा (माओवादी)ले विमानस्थललाई नष्ट गरेको थियो। यस अघि २०६५ सालमा  तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बहादुर विष्टमगरले पनि यही यर्पोट्मा परिक्षण उडान गराएका थिए ।

पछिल्ला केही वर्षयता विमानस्थलको धावनमार्ग र अन्य संरचनाहरू पुनःनिर्माण गरिएको छ। तारा एयरको परीक्षण उडान आज दिउँसो सफलतापूर्वक सम्पन्न भएपछि यो विमानस्थलबाट व्यावसायिक उडानका लागि समेत मार्ग प्रशस्त भएकउक्त विमानले नेपालगञ्जका लागि उडान भरेर फर्किने तयारी गरिरहेको छ। नेपालगञ्ज विमानस्थलमा अवतरण गरेपछि नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सोही विमानबाट कमलबजार विमानस्थलमा अवतरण गर्दै विमानस्थलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ्।

यस सफल परीक्षण उडानसँगै अछामको दुर्गम क्षेत्रलाई हवाई यातायातको पहुँचमा ल्याउने लक्ष्यले महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ। यो विमानस्थल सञ्चालनमा आएपछि अछामवासीले हवाई सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

871
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja