2026/07/29

सेयर बजार सूचक ५.६० अंकले घट्यो, कारोबार ४ अर्ब २७ करोड रुपैयाँमा सीमित

Admin
Admin

२०८१-०९-०३

745
Shares
सेयर बजार सूचक ५.६० अंकले घट्यो, कारोबार ४ अर्ब २७ करोड रुपैयाँमा सीमित

२०८१ पुष ३, काठमाडौँ —  बुधबार नेप्से परिसूचक ५.६० अंक घटेर २६२८.२६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ४९ हजार ४२१ पटकको कारोबारमा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँबराबरको ८१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन मानुषी लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १५ करोड ५९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिभर फल्स पावरको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ११ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ। यस दिन लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.४२ प्रतिशत घटेको छ।

745
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja