2026/04/16

ओखलढुंगाको जिसस प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध

Admin

२०८१-०८-०२

339
Shares

२ मंसिर, काठमाडौं ।

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुखका लागि भट्टराईको मात्रै उम्मेदवारी परेको थियो । जिल्ला सभामा कांग्रेसको एकलौटी बहुमत रहेको कारण अन्य दलहरूले उम्मेदवारी नै दिएनन् । जसकारण भट्टराई निर्विरोध निर्वाचित भए । कांग्रेस उम्मेदवार भट्टराईलाई निर्विरोध निर्वाचित गर्न सहयोग पुर्‍याएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अन्य दलहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

भट्टराई पार्टीको जिल्ला कार्यसमितिका पूर्वसचिव तथा महाधिवेशन प्रतिनिधि हुन् । यसअघि जिल्ला समन्वय समितिको प्रमुख रहेका डिल्लीराम खनालको क्यान्सरका कारण उपचारका क्रममा ०८० असोज १३ गते निधन भएको थियो । खनाल पनि कांग्रेसबाटै निर्वाचित थिए । आठ स्थानीय तह रहेको जिल्लामा जिल्ला सभामा कांग्रेसको मात्रै ९ मत छ । नेकपा एमालेको ५ मत, माओबादी केन्द्रको १ मत र जनता समाजबादी पार्टीको १ मत रहेको छ ।

339
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.