2026/07/29

विष्णु रिमालको ‘घेराबन्दी’मा प्रधानमन्त्री ओली, विश्वास पात्र नै बालुवाटार वरिपरि पुग्दैनन्

Admin
Admin

२०८१-०६-२१

392
Shares
विष्णु रिमालको ‘घेराबन्दी’मा प्रधानमन्त्री ओली, विश्वास पात्र नै बालुवाटार वरिपरि पुग्दैनन्

काठमाडौं– देशमा विपत्ती पर्दा अमेरिकाका कार्यक्रममा नै व्यस्त रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भयो। तिव्र आलोचित भएका ओली त्यसबेला देश फर्किनुपर्ने थियो भन्ने सल्लाह उनका साथमा गएकाले किन दिएनन्? भन्ने अहम् प्रश्न उठेको थियो। 

२२ सदस्यीय टोलीको नेतृत्व गरी न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीको सचिवालय सल्लाहकारका प्रमुख पात्र हुन्, विष्णु रिमाल। उनले त्यस्तो सल्लाह किन दिएनन् भन्ने प्रश्न उठेको थियो। 

रिमालका कारण ओलीको अलोकप्रियता विस्तारै बढीरहेको ग्राफमा पाइन थालेको छ। आवरणको राजनीतिमा मात्र होइन, एमालेभित्र पनि रिमालको एक्लौटी निर्णयका कारण ओलीसन्निकट नेता विकल्पको लाइन समात्ने सुरमा रहेको उच्च स्रोतले जनाएको छ। 

‘ओलीलाई साथ दिएका कतिपय नेता अहिले एमालेभित्र फरक पिल्लर आवश्यक ठानिरहेका छन्’, एक नेताले भने,‘यो ओली आफैंले सोच्ने कुरा पनि हो र उपमहासचिव विष्णु रिमालको व्यवाहार सुधार्ने कुरा पनि हो। शैली सुध्रिएन भने ठिक स्थिति आउनेवाला छैन।’ 

ति नेताले भने जस्तो रिमालका कारण ओलीकै वरिपरिका मानिसहरू अहिले टाढा र बाहिरी घेरामा देखिन थालेका छन्।

पहिलो पटक प्रधानमन्त्री बनेका बेला ओलीको सचिवालयमा महेश बस्नेत हावी हुने गरेका थिए। बस्नेत र युवा संघ सम्बद्धले सचिवालय पूर्ण थियो। तर दोस्रो पटक प्रधानमन्त्री हुँदा बस्नेतको बर्चश्व गुम्यो। उनी बालुवाटारको वरिपरिसमेत पुग्ने अवस्था रहेन। 

त्यसबेला विष्णु रिमाल, गोकुल बास्कोटालगायत हावी भए। बास्कोटा ओली क्याबिनेटको सञ्चारमन्त्रीसमेत भए। 

नेकपा कालपछि अहिले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने बास्कोटा पनि बालुवाटारको वरिपरि छैनन्। राजनीतिक सल्लाहकार रहेका रिमालको कब्जामा ओली सचिवालय चलिरहेको छ।

ओलीको आलोचना बढाउनुमा विष्णु रिमालको हात बलियो रहेको छ। अघिल्लो पटक ओलीका आलोचकलाई ‘छौंडा’ भनेर गाली गरेका रिमालले अहिले नयाँ पुस्तालाई सम्बोधन गर्ने वातावरण बनाउनुको साटो बिरोध मात्र होइन टिठलाग्दो भाषाको प्रयोग गर्नेगरी अगाडि बढेका छन्। 

प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी भनेको राजनीतिक भाषाको प्रयोग, राजनीतिक तरिकाको व्यवाहारबारे जानकारी गराउने हो। तर, रिमाल आफैं उन्मत्ता शैलीमा प्रस्तुत हुने गरेका छन् जसले ओली सरकारका राम्रा काम ओझेलमा मात्र पारेको छैन, बिरोधको स्वर झन् दन्किरहेको पाइन्छ। 

392
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja