2026/07/30

दुई-तीन वर्ष मन्त्री बन्दिनँ, सांसदका रूपमा राम्राे काममा समर्थन गलत काममा खबरदारी गर्छु : गगन थापा

Admin
Admin

२०८१-०३-२८

533
Shares
दुई-तीन वर्ष मन्त्री बन्दिनँ, सांसदका रूपमा राम्राे काममा समर्थन गलत काममा खबरदारी गर्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीकै कामले भ्याइनभ्याइ रहेकाले अब बन्ने सरकारमा आफू मन्त्री नबन्ने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकराले शक्तिको दुरुपयोग गरेमा सचेत गराउन पनि आफू मन्त्री नबन्ने बताएका हुन् ।

सरकारलाई सचेत गराउने काम प्रतिपक्षको मात्रै नभएको बताउँदै उनले भने, ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्ने पनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनुपर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनुपर्छ ।' 

त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बसेर सरकारकाे राम्राे कामकाे समर्थन र परेको बेला सरकारलाई प्रश्न पनि गर्ने र आफूले जवाफदेही बनाउने दाबी गरे । अबको दुई-तीन वर्षको समय आफू सरकारमा नगई सांसदको रुपमा प्रभावकारी भूमिका खेल्ने बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाेलि प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । उनी अल्पमतमा परिसकेकाले विश्वासको मत पाउने सम्भावना छैन । प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएलगत्तै कांग्रेसकाे समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने दुई दलबीच सहमति भएकाे छ । 

ओली नेतृत्वको सरकारमा महामन्त्री थापाले कांग्रेसकाे नेतृत्व गरेर सरकारमा जाने चर्चा थियाे । तर, उनले संसदकाे याे कार्यकालभरि नै पार्टीकाे महामन्त्री र सांसदका रुपमा भूमिका खेल्ने बताएका हुन् । 

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए। 'दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,' उनले भने। 

महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए।

533
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja