2026/07/30

भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई सांसद सुनिल शर्माको २० लाख सहयोग

Admin
Admin

२०८१-०१-०६

484
Shares
भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई सांसद सुनिल शर्माको २० लाख सहयोग

प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

बिहीवार शर्माले काठमाडौंको हेपाली हाइटमा रहेको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरण गर्दै सांसद शर्माले राज्य गर्नुपर्ने काम डा. कोईरालाले आफैँ गर्न लागेकाले कोइरालाको सम्मान स्वरुप आफूले सहयोग गरेको बताए।

उनले बच्चाहरुको लागि सातै प्रदेशमा अस्पताल निर्माण गर्न लागेकाले २० लाख रुपैयाँ सहयोग गरेको बताए। उनले विदेशमा बस्ने नेपालीहरुलाई वितृष्णा छाएकाले सकारात्मक सन्देश दिन जरुरी हुने बताए।

डा. भगवान कोइरालाले लामो डाक्टर जीवनको भोगाईमा पाएको पीडाको निष्कर्षबाट अस्पताल निर्माण गर्न लागेको बताए। उनी २५ वर्षमा नेपालमा बालबालिकाहरुलाई बचाउन सक्ने अवस्था रहेको तर मुलुकको व्यवस्थापकीय क्षमता र प्रविधिको कमीले गर्दा नसकिएको बताए।

उनले बालबालिकाहरुको उपचारको लागि प्रमुख प्राथमिकता दिएर सेवा दिने उद्देश्यले अस्पतालको निर्माण थालिएको बताए।

कियोच अस्पतालले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको पनि डा. कोईरालाले जानकारी दिए। उनले गैर नाफामुलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको बताए।

484
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja