2026/04/16

नागरिक उन्मुक्तिको कार्यालयमा कुटपिट, ‘रेशम चौधरीका अगाडि आक्रमण’

Admin

२०८०-१२-१९

428
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटपिट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो ।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए । “मिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ । पार्टीका अध्यक्ष (रन्जीता श्रेष्ठ चौधरी)ले बोलाएपछि हामी जम्मा हुँदै थियौँ । पाँचजना संस्थापन सदस्य त्यहाँ उपस्थित भयौँ । रेशमलाल दाइकै उपस्थितिमा आक्रमण भयो,”  “कसले आक्रमण गरेको हो भन्ने रेशम दाइलाई थाहा होला ।”

नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् ।

428
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.