2026/07/30

कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

Admin
Admin

२०८०-१२-०९

547
Shares
कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

कांग्रेस संसदीय दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो। यस सम्बन्धी पत्र प्रदेश प्रमुख र प्रदेश सभालाई दिइएको छ।
मुख्यमन्त्री यादवले संघीय गठबन्धनको आधारमा मधेश प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन जना मन्त्रीलाई हटाएका थिए। कांग्रेसको ठाउँमा नेकपा (एमाले)लाई सरकारमा सहभागी गराएका छन्।
कांग्रेसले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवको पक्षमा बहुमत छ। तथापि, मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।

मधेस प्रदेश सभामा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका सभामुख सहित २४, जसपाका १९, माओवादीका नौ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन्।

547
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja