2026/07/29

७ लाख कित्ता आईपीओ निष्कासन गर्दै हिमालयन टाइम्स

Admin
Admin

२०८०-१०-०१

503
Shares
७ लाख कित्ता आईपीओ निष्कासन गर्दै हिमालयन टाइम्स

काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर अंकितमूल्यमा सर्वसाधारणलाई निष्कासन गरिनेछ । कम्पनीले अंग्रेजी भाषामा द हिमालयन टाइम्स तथा अनलाइन सञ्चालन गर्दै आएको छ ।

503
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja