2026/07/29

बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

Admin
Admin

२०८०-०९-१५

478
Shares
बालकुमारी घटनाः राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौं, १५ पुस । राज्य व्यवस्था तथा सुशान समितिले बालकुमारीमा दुई जना युवकहरुको ज्यान जाने गरी भएको घटनाबारे गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ ।

समितिका सभापति रामहरि खतिवडाले भोलि विहान साढे ८ बजे बैठकमा बोलाएर जवाफ माग्ने तयारी रहेको रिपोर्टर्स नेपाललाई बताए ।

गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको भएको उक्त घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

 

साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी तथा भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । ललितपुरको बालकुमारीमा शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई मुद्दा नचलाउने निर्णय भएपछि छाडिएको हो ।

 

 

478
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja