2026/07/29

राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको दबाब दिन बृहत् आन्दोलन गर्ने

Admin
Admin

२०८०-०९-०३

668
Shares
राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको दबाब दिन बृहत् आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको दबाब दिन बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौँमा तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। 

‘राजसंस्था सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ,’ उनले भने।

मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुमा जनदबाब सिर्जन गर्न आन्दोलन गर्ने निर्णय भएको उनले बताए। 

आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरू हुने उनले बताए।

त्यस्तै, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको उनले बताए। 

आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको पनि उनले बताए। 

668
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja