2026/07/29

करको फन्डा पचाउँदै नेप्से बुलिस यात्रामा

Admin
Admin

२०८०-०९-०१

637
Shares
करको फन्डा पचाउँदै नेप्से बुलिस यात्रामा

आइतबार बजारमा दोहोरो अङ्कको वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि आएको छ ।

एफपिओ तथा मर्जर तथा एक्विजिसनमा जाँदा भएको बार्गेन पर्चेज गेनमा लगाइएको करविरुद्ध अदालत पुगेका बैंक तथा बीमा कम्पनीले मुद्दा हारेपछि बजारमा बिहान पहिलो प्रहरमा राम्रै गिरावट आएको थियो । तर त्यसपछि भने बजारले लय समात्दै भोल्युमसहित २००० को विन्दु पार गरेको छ ।

आज २७.७५ अङ्कले बढेर नेप्से परिसूचक २०२२.३५ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ थ्रीस्टार हाइड्रो, शिवश्री हाइड्रो, सगरमाथा जलविद्युत, रावा इनर्जी, दोर्दी हाइड्रो, बलेफी हाइड्रो, विन्ध्यवासिनी हाइड्रो, भूगोल इनर्जी, हाथवे इन्भेस्टमेन्ट, बोटलर्स नेपाल, रिडी हाइड्रो, युनियन हाइड्रो र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये हिमालयन लघुवित्त, एनएमबी लघुवित्त, मानुषी लघुवित्त, कालिका लघुवित्त र बिपिडब्ल्यु लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य तीन प्रतिशत भन्दा बढीले घट्यो ।

आज हाइड्रोपावर उपसूचक सर्वाधिक ५.५५ प्रतिशतले बढ्दा लगानी उपसूचक ३.१२ प्रतिशत र विकास बैंक उपसूचक २.६५ प्रतिशतले बढे । आज बैंकिङ उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले घट्दा म्युचुअल फन्ड ०.४२ प्रतिशत र ट्रेडिङ सबइन्डेक्स ०.२३ प्रतिशतले घटे ।

637
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja