2026/07/31

पाँच दिन बित्दा पनि मर्मत भएन एनओसीको डाउन भएको सर्भर

Admin
Admin

२०८०-०९-०१

509
Shares
पाँच दिन बित्दा पनि मर्मत भएन एनओसीको डाउन भएको सर्भर

पढ्न विदेश जान ठिक्क परेका विद्यार्थीहरूको भिड यतिबेला भक्तपुरस्थित 'नो अब्जेक्सन लेटर' (एनओसी) दिने शाखामा दिनदिनै बढिरहेको छ।

भक्तपुरको मध्यपुर ठिमीस्थित राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको एनओसीमा पाँच दिनदेखि सर्भर डाउन हुँदा विदेश जान ठिक्क परेका विद्यार्थीको मुश्किल बढेको हो। शिक्षा मन्त्रालय अन्तर्गततको वैदेशिक अध्ययन अनुमति शाखाले गत शुक्रबार सर्भर डाउन भएको सूचना टाँसेको थियो। 

अध्ययनमा विदेश जाने विद्यार्थीलाई आवश्यक 'नो अब्जेक्सन लेटर' (एनओसी) दिने शाखाको सर्भर डाउन भएको पाँच दिन बित्दा पनि मर्मत हुन सकेको छैन। 

जहाजको टिकट काटेर उड्न ठिक्क परेका विद्यार्थीले नो अब्जेक्सन लेटर नपाउँदा तनाव भएको हो। कर्मचारीहरूले तत्कालै सर्भर बनाउन चासो नदिँदा विद्यार्थीहरू नाराबाजी गर्न थालेका छन्।

बिहीबारदेखि अवरुद्ध सेवा आइतबार पनि खुलेन। आइतबार बिहानै सयौँ विद्यार्थी नो अब्जेक्सन लेटर लिन उक्त शाखाबाहिर जम्मा भएका थिए।

तर, बोर्डले डाउन भएको सर्भर बनाउन नसकेपछि सुरक्षाका लागि प्रहरी टोली मगाएको थियो। कार्यालय परिसरमा जम्मा भएका सयौँ विद्यार्थीले नाराबाजी गरेपछि प्रहरीले त्यहाँ सुरक्षा दिएको हो। 

उक्त शाखाले सर्भ बनेलगत्तै सेवा सुरु हुने भनेको पनि चार दिन हुन लागेको छ। तर अझै पनि मर्मत हुने टुंगो छैन। यसका कारण भिसासमेत आएर टिकट काटेर उड्न ठिक्क परेका विद्यार्थीलाई तनाव भएको छ।

आइतबार राति र सोमबार उड्ने गरी टिकट काटिसकेका कयौँ विद्यार्थी ठूलो तनावमा देखिए।  शिक्षा मन्त्रालयले बिग्रेको सर्भर बन्ने समय नदिएकाले विद्यार्थीको मुश्किल बढ्दै गएको हो। केही विद्यार्थीले आइतबार राति र सोमबारको उडानको टिकट रद्द गरिसकेका छन्। 

उक्त शाखाका प्रमुख शान्तिराम पौडेलले सेवा खुलाउन आफूहरू प्रयासरत रहेको जिकिर गरेका छन्। उनले विद्यार्थीको डाटा भरिएकाले अर्को हार्डडिस्क फेर्न खोज्दा समस्या भएको बताए। उनका अनुसार पुरानो डाटा सबै उडेपछि रिकभर गर्न समय लागेको दाबी गरे। 

509
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja