2026/07/30

वीरगन्जमा प्रमुख र उपप्रमुख समर्थकबिच कुटाकुट

Admin
Admin

२०८०-०८-२६

479
Shares
वीरगन्जमा प्रमुख र उपप्रमुख समर्थकबिच कुटाकुट

मंगलबार वीरगन्ज महानगरपालिकामा प्रमुख र उपप्रमुखका बिचको विवादले उग्र रूप लिँदा झडपको स्थिति बन्यो। प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तेयाज आलमको सचिवालयका समर्थहरूबिच कुटाकुट समेत भयो।

प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयको विषयमा प्रमुख र उपप्रमुखबिच विवाद भएको थियो। सामान्य विवाद चर्किँदै गएपछि झडपमा परिणत हुँदा जिल्ला प्रहरी कार्यालय पर्साबाट डिएसपी कुमारविक्रम थापाको नेतृत्वमा प्रहरी परिचालन गरियो।

प्रहरीसँगको झडपमा उपप्रमुखका स्वकीय सचिव घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीले लाठी चार्ज गर्दा उपप्रमुख इम्तियाज आलमका स्वकीय सचिव शेषकुमार हजरा घाइते भएका हुन्। उपप्रमुख आलमका स्वकीय सचिव हजराको आँखाको तलचोट लागेको बताइएको छ।

विवाद सल्टाउने क्रममा प्रहरी गरेको अन्धाधुन्ध लाठी चार्जबाट उनी घाइते भएका थिए। स्वकीय सचिव हजराको अवस्था भने सामान्य रहेको उपप्रमुख सचिवालयले जनाएको छ।

घाइते हजराको नगरपालिकाभित्रै उपचार भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरीले एकलौटी हिसाबले लाठी बर्साउन थालेपछि विवादले झनै उग्र रूप लिएको थियो।

कसरी सुरु भयो विवाद ? 

प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपप्रमुखको सचिवालयले गरेको थियो। तर आज अचानक केही वडा अध्यक्षहरू सहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत त्यो कोठामा लगाइएको ताल्चा फुटाएर पञ्जीकरण शाखाको सामान लैजान लागेका थिए।

यही क्रममा विवाद उत्पन्न भएपछि प्रमुख र उपप्रमुख सचिवालयका समर्थकबिच कुटाकुट भएको प्रत्यक्षदर्शी बताउँछन्।

प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयमा पञ्जीकरण शाखा राख्न खोजेपछि विवाद सुरु भएको थियो। प्रमुख सिंह नयाँ भवनमा गएपछि उनी बस्ने पहिलाको कोठामा प्रमुख प्रशासकीय अधिकृत अहिले सरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको खाली कोठाको विषयलाई लिएर बिहानैदेखि वीरगन्ज महानगरपालिकाको कार्यालय तनावग्रस्त छ।

479
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja