2026/07/30

अपाङ्गता भएको व्यक्तिलाई निगमले छुट दिने

Admin
Admin

२०८०-०८-१७

556
Shares
अपाङ्गता भएको व्यक्तिलाई निगमले छुट दिने

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई छुट दिने निर्णय गरेको छ।

निगमले आजै देखी लागू हुने गरी  रातो, निलो र पहेलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

‘फस्र्ट कम फस्र्ट सर्भिस’ को आधारमा निगमले उक्त छुट दिने जनाएको छ।  निगमले उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने बताएको छ।

556
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja