2026/07/30

मुख्यमन्त्री शाहका बुवाको जन्मउत्सवमा मंगल– चन्द्रा –शान्ति अक्षय कोष स्थापना

Admin
Admin

२०८०-०८-१२

510
Shares
मुख्यमन्त्री शाहका बुवाको जन्मउत्सवमा मंगल– चन्द्रा –शान्ति अक्षय कोष स्थापना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका बुवा मंगलबहादुर शाहले ८४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफूले अक्षराम्भ गरेको विद्यालयमा अक्षय कोषको स्थापना गर्नु भएको छ । रामारोशन गाउँपालिका –५  नेटाकोटमा रहेको यशोदा माविबाट उहाँले अक्षराम्भ गर्नुभएको थियो ।

नेपाल प्रहरीको एसएसपी पदबाट अवकास प्राप्त गर्नु भएका शाहले ८४ औं जन्म उत्सवको अवसरमा मंगल चन्द्रा शान्ति नामबाट ७ लाखको अक्षय कोष स्थापना गर्नु भएको हो ।

दुइ श्रीमती  चन्दा र शान्ति र आफ्नो नामसमेत जोडेर उहाँले गरिब , जेहेन्दार विद्यार्थीको सहयोगार्थ अक्षय कोष स्थापना गर्नु भएको हो । नेपाल प्रहरीको जागिरमा रहँदा नै उहाँले गोर्खा बाहु चौंथो र गोर्खा बाहु पाचौंबाट पुरस्कृत भएर सम्मान पनि पाउनु भएको थियो ।

नेपाल प्रहरीको जागिरे जीवनमा भएका बेलादेखि नै उहाँ सामाजिक काममा सक्रिय हुनु भएको प्रेरणाले नै आफू पनि राजनीतिमा होमीएको उहाँका छोरा एवं सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनु भयो ।

‘हाम्रै जिजुबुवाले स्थापना गरेको स्कुलमा बुवाले पनि केही गर्न पाए हुन्थ्यो भनिराख्नु भएको थियो । हामी सबै दाजुभाइ र घर परिवारको सल्लाहमा यशोदा माविमा अक्षय कोष स्थापना गर्ने कुरा भएको हो ’ उहाँले भन्नुभयो ,‘लामो समय बुवा प्रहरी सेवामा रहनु भएको बेला पनि जुन ठाउँमा जानुभयो त्यता पनि केही न केही सामाजिक काम गरिराख्नु भएको थियो ।’

पुर्खाको थलोलाई सम्झनको लागि ८४ औं जन्मउत्सवको अवसरमा भोजभतेर तिरको खर्चलाई समाजिक काममा लगाउने बुवाकै चाहनाअनुसार सो कोष स्थापना गरेको उहाँले बताउनु भयो ।


सामाजिक रुपले हेर्ने हो भने बुवाले हिजोका दिनमा पनि धेरै काम गर्दै आउनुभएको उहाँको भनाइ छ । अवकासपछि टिकापुर , जगतपुर लम्कीलगायतका जुनजुन ठाउँमा बस्नु भयो त्यही ठाउँमा सामाजिक कामको छाप छोडेको उहाँले बताउनु भयो ।


सामाजिक क्षेत्रको जिम्मेवारी लिने बुवाको स्वभाव , लोकतन्त्र र प्रजातन्त्रको पक्षमा आफ्नो बुवाले खेलेको भुमिका नै आफ्नो राजनैतिक जिवनको प्रेरणाको स्रोत भएको मुख्यमन्त्री शाहले बताउनुभयो ।

‘यो अक्षय कोषलाई बढाएर लैजाने पनि सल्लाह भएको छ । अहिले म जहाँ छु त्यो सबै बुवाको प्रेरणाले छु । मेरो सामाजिक , राजनैतिक जीवनको प्रेरणाको स्रोत नै मेरो बुवा हुनुहुन्छ । १९९६ मा जन्मनु भएका शाहको मुख्यमन्त्री कमल शाह गरि ५ छोरा र २ छोरी हुनुहुन्छ ।

510
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja