2026/07/30

युट्युबर मनोज मानव सात हिरासतमा रहने, अरुको बदनाम गर्दै हिँडेको आरोप

Admin
Admin

२०८०-०७-२३

517
Shares
युट्युबर मनोज मानव सात हिरासतमा रहने, अरुको बदनाम गर्दै हिँडेको आरोप

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्दै आएका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई जिल्ला अदालत काठमाडौंले थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

बुधबार पक्राउ परेका उनलाई सात दिनको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न बाटो खुलेको हो ।

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई हिजो पक्राउ गरिएको थियो ।

स्वःघोषित सामाजिक अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द रेष्टुरेन्टमा कुराकानी गरिरहेका बेला भिडिओ खिचेर उनी विवादित बनेका थिए ।

पछिल्लो समय मनोज चर्चा र विवादमा थिए । रेस्टुरेन्टमा उनलाई बरालले मुखमा थुकेर निर्घात कुटपिट गरेकी थिइन् । 

मनोजको एमाले नेता महेश बस्नेतसँग झगडा छ  । उनै मनोजले महेश परस्त्रीसँग सुतेको भन्दै फोटो र भिडिओ भाइरल गरिदिएका थिए । 

517
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja