2026/07/30

ठूला दलसहित गणतन्त्र पक्षधरले राजावादीविरुद्ध प्रतिरोध थाल्ने

Admin
Admin

२०८०-०७-२१

487
Shares
ठूला दलसहित गणतन्त्र पक्षधरले राजावादीविरुद्ध प्रतिरोध थाल्ने

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डको आयोजनामा मंगलबार बसेको तीन ठूलासहित गणतन्त्र पक्षधर दलहरूले राजावादी र परिवर्तनविरोधीका गतिविधिको प्रतिरोध थाल्ने निष्कर्ष निकालेका छन्।

सिंहदरबारमा भएको बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जीवनभर परिवर्तनका लागि लडेका दलहरूका शीर्ष नेताहरूले परिवर्तनविरोधी गतिविधि रोक्ने सहमति गरेको बताइन्। 

‘जीवनभर गणतन्त्र र परिवर्तनको पक्षमा लडेका हामी दलहरू अहिलेको व्यवस्थाप्रति प्रतिबद्ध छौँ। परिवर्तनकारी राजनीतिक दलहरूको बैठक थियो’, उनले भनिन्, ‘लामो परिवर्तनको लडाइँपछि आएको संविधानसभाबाट गणतन्त्र आएको छ। त्यसको कार्यान्वयन गरेर दुई पटक निर्वाचन गरिसक्यौँ। तर यसको पनि आवधिक हिसाबले समीक्षा गरेर उठेका कुराको जवाफ दिनुपर्छ।’

उनले बैठकमा तीनै दलका शीर्ष नेताहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर रहेको र यसको रक्षाका लागि संघर्ष गर्न तयार रहेको बताएको उनले जाानकारी दिइन्। 

‘शीर्ष नेताहरूले लोकतन्त्रको पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो’, उनले भनिन्, ‘यदाकदा छिटफुट पानीको फोका जस्ता प्रहार भइरहेका छन्। तिनको प्रतिरोध गर्नेमा दलहरू एकजुट भएका छन्।’

 

487
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja