2026/07/29

एनआरएनएले भूकम्प प्रभावितको राहतका लागि तत्काल १० लाख दिने

Admin
Admin

२०८०-०७-१८

488
Shares
एनआरएनएले भूकम्प प्रभावितको राहतका लागि तत्काल १० लाख दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत् यो रकम सरकारको राहत कोषमा उपलब्ध गराइने अध्यक्ष डा. बद्री केसी तथा महासचिव गौरीराज जोशीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुननिर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघले पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

साथै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह पनि संघले गरेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा शुक्रबार राति ठूलो जनधनको क्षति भएको छ। उद्धार र राहतमा कठिनाइ भइरहेको छ।

488
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja