2026/07/29

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट छिट्टै पारित गर्ने गुटेरेससँग देउवाको प्रतिवद्धता

Admin
Admin

२०८०-०७-१२

456
Shares
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट छिट्टै पारित गर्ने गुटेरेससँग देउवाको प्रतिवद्धता

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताएका छन्।

सभापति देउवाले आईतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनुभएका काँग्रेस उपसभापति धनराज गुरुङले बताए।

त्यसैगरी सभपति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरे। महासचिव गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएको पनि कानुनमन्त्री गुरुङले बताए। 

456
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja