2026/04/16

त्रिकोणात्मक सिरिज : नेपाल र युएई भिड्दै

Admin

२०८०-०७-०६

441
Shares

काठमाडौं : त्रिकोणात्मक टि २० आई सिरिजमा आज नेपाल र युएई भिड्दैछन्। खेल दिउँसो ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै युएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।  

नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो। हङकङलाई दुवै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो।  तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएईले २ खेलबाट २ अंक जोडेको छ भने हङकङ ३ खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

441
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.