2026/07/29

कोशीका मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत, राप्रपा विपक्षमा

Admin
Admin

२०८०-०७-०१

558
Shares
कोशीका मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत, राप्रपा विपक्षमा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत् एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाएका हुन्। 

प्रदेशसभामा रहेका ९३ सांसद मध्य ९१ जना मतदानमा सहभागी भए। एक जना अनुपस्थित रहेका थिए भने उपसभामुख सिर्जना दनुवारले मत दिन पाइनन्। राप्रपाका ६ सांसद मध्य एक जना अनुपस्थत हुँदा पाँच मत विपक्षमा पर्यो।

एमालेको समर्थनमा कांग्रेसबाट ८ सांसद विद्रोह गराई कार्कीले बिहीबार ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।  उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका थिए। संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।

558
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja