2026/07/29

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनको लागि थाले तयारी

Admin
Admin

२०८०-०६-२९

472
Shares
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनको लागि थाले तयारी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनको लागि तयारी थालेका छन् । उनले त्यसको लागि नेकपा एमालेसहित अन्य दलहरूसँग छलफल अघि बढाएका हुन् । 

मुख्यमन्त्री कार्कीले दसैँअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। त्यसको लागि लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ । यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गते बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार कात्तिक १ गते बुधबार दिनको ११ बजे प्रदेश सभा बैठक बस्दै छ । कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेको पनि समर्थन पाएका छन् ।  

472
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja