2026/07/29

कोशीका कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२७

515
Shares
कोशीका कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा

काठमाडौं । कोशी प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। उनले शनिबार पदबाट राजीनामा दिएका हुन्।

‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु’, थापाको राजीनामा पत्रमा भनिएको छ।

यसअघि दुई पटक एकाएक महिना मुख्यमन्त्री भएका थापा पछिल्लो पटक पनि मुख्यमन्त्रीकै आकांक्षी थिए। तर सो पद केदार कार्कीले हत्याएपछि थापाको राजीनामा आएको हो।

बिहीबार संसदीय दलका उपनेता हिमाल कार्कीले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए। उनले गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

यद्यपि, राजीनामा पत्रमा भने उनले ‘जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण’ राजीनामा दिएको बताएका थिए।

515
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja