2026/09/12

रिगलको मुद्दामा कात्तिक १४ गते अर्को पेशी

Admin
Admin

२०८०-०६-२५

580
Shares
रिगलको मुद्दामा कात्तिक १४ गते अर्को पेशी

आममाफी पाएका हत्या अभियुक्त योगराज ढकाल (रिगल) विरुद्ध परेको मुद्दाको अर्को पेशी कात्तिक १४ गते तोकिएको छ।

रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीशसहित तीन न्यायाधीशले आफुहरुको इजलासले यो निर्णय गर्न नमिल्ने भन्दै अर्को पेशी कात्तिक १४ गतेका लागि तोकेका हुन । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीले त्यस्तै प्रकृतिको विषयमा फरक फरक मुद्दामा फैसला गरेको र ती फैसला नजीरको रुपमा रहेको भन्दै उनीहरुले अर्को पेशी तोकेका हुन।

विषयवस्तु जुधेको भन्दै न्यायाधीशहरुले मुद्दा हेर्न नमिल्ने आदेश गरेका हुन्। यो मुद्दाको अब कात्तिक १४ मा पेशी तोकिएको छ।

580
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja