2026/09/12

नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद इजरायल जाने

Admin
Admin

२०८०-०६-२४

563
Shares
नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद इजरायल जाने

नेपाली नागरिकको उद्धारका परराष्ट्रमन्त्री एनपी साउद आफैं द्वन्द्वग्रस्त इजरायल जाने भएका छन्। बुधबार राति नेपाल एयरलाइन्सको जहाज अलपत्र नेपालीहरूको उद्धारका लागि जाँदै छ। 

उक्त जहाजमा परराष्ट्रमन्त्री साउद आफैं जान लागेको प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।  जहाज आजै राति ११ बजे त्यसतर्फ उड्ने तयारी छ। 

इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्। सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ। 

इजरायलमा ४५ सय जना केयर गिभर छन् भने दुई सय ६५ नेपाली विद्यार्थी रहेकोमा १० जना विद्यार्थीको हमासको आक्रमणबाट मृत्यु भएको थियो।

563
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja