2026/07/29

सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर

Admin
Admin

२०८०-०६-२४

578
Shares
सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर

इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरासहित चारजनाविरुद्ध आज मुद्दा दर्ता गरेको छ। 

सीआईबीले महराका छोरा राहुल महरा, सर्लाहीको राजघाट घर भइ काठमाडौंको नागार्जुन बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङ शेर्पा र र काठमाडौं बौद्धका निमा गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

तस्करले गत २०७९ पुस १० गते दुबईबाट ‘भेप’मा लुकाएर ल्याएको नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो। यो प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ।  सीआईबीले महरालाई सुन तस्करी प्रकरणमा प्रतिवादी नबनाइ कागज गरेर उन्मुक्ति दिएको हो।

578
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja