नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता गरिएको छ । १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा शाहीविरुद्व जाहेरी दर्ता गरिएको हो ।
उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ । नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो ।
पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।