2026/04/16

हुम्लामा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रायबर अनलाइन

२०८०-०६-२१

464
Shares

काठमाडौं ।  हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ । 

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा २१ च ७३५३ नं को जिप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुवबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  

464
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.