2026/09/13

नेपालगञ्जमा आज दिउँसोका लागि कर्फ्यू हट्यो, निषेधाज्ञा जारी रहने

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-१९

595
Shares
नेपालगञ्जमा आज दिउँसोका लागि कर्फ्यू हट्यो, निषेधाज्ञा जारी रहने

काठमाडौं धार्मिक तथा सामाजिक सद्भाव बिथोलिने संकेत देखिएको बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी राखिएको छ। सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण निषेधाज्ञा जारी राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन्। 

बिहीबार रातिदेखि जारी गरिएको कर्फ्यू आदेश भने शुक्रबार(आज) बिहानदेखि हटाइएको प्रजिअ आचार्यले जानकारी दिएका छन्। शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्मलाई कर्फ्यू आदेश जारी हुने प्रजिअ आचार्यद्वारा सूचनामा उल्लेख छ। 

पछिल्लो समय हिन्दू र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व बढाउने गतिविधि बढेपछि स्थानीय प्रशासनले असोज १६ गतेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रमा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। यस बीचमा धार्मिक तथा सामाजिक सद्‌भाव कायम राख्न भन्दै दुवै समुदायका अगुवाले सद्भाव र्‍याली तथा बैठकहरू समेत आयोजना गरेका थिए।

बिहीबार पनि बिहान ६ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश हटाइएको थियो। निषेधाज्ञालाई भने निरन्तरता दिइएको थियो। 

नेपालगञ्ज उपमहानगर क्षेत्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा जाने रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) मा निषेधाज्ञा जारी गरिएको छ। निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। 

निषेधाज्ञाका क्रममा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जना वा सोभन्दा बढी संख्यामा मानिसहरू जम्मा भएको पाइए कारबाही गरिने प्रजिअ आचार्यले जनाएका छन्।

 

595
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja