2026/07/29

 धर्मगुरु श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्ध कसुरमा मुद्दा दर्ता

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-१८

574
Shares
 धर्मगुरु श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्ध कसुरमा मुद्दा दर्ता

काठमाडौं ।  घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार(आज) तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरिएको बताए ।

आचार्य श्रीनिवासलाई सुनसरीको वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका उनलाई मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको हो । श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासले यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो । उनलाई २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएका थिए ।

उनलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

574
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja