2026/07/29

सुरक्षा परिषद् बैठक : सेनालाई ‘स्टान्डबाई’ रहन निर्देशन

Admin
Admin

२०८०-०६-१७

554
Shares
सुरक्षा परिषद् बैठक : सेनालाई ‘स्टान्डबाई’ रहन निर्देशन

सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ। बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो।

पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनेको हो। 

पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि सेनालाई यस्तो निर्देशन गरिएको हो।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ। त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ।

अझै पनि कर्फ्यु जारी राखिएको छ। देशका विभिन्न भागमा दुई समुदायबीच हिंसाको अवस्था उत्पन्न हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो। 

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।

554
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja