2026/07/29

कञ्चनपुरमा महिला सहकर्मीमाथि यौनहिंसा प्रकरणः एसएसपीले दिए राजीनामा

Admin
Admin

२०८०-०६-१५

615
Shares
कञ्चनपुरमा महिला सहकर्मीमाथि यौनहिंसा प्रकरणः एसएसपीले दिए राजीनामा

धनगढीः आफ्नै कार्यालयमा कार्यरत महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल लगत्तै निलम्बित भएका थिए। यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए। कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए।

घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो। ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए।

त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। त्यसपछि क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। एसएसपीले यस्तो प्रस्ताव गरेपछि ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको थियो।


एसएसपी पालले दिए राजीनामा

सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी पालले राजीनामा दिएका छन्। छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि उनले राजीनामा दिएका हुन्। प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ।

स्रोतका अनुसार निलम्बन फुकुवा गरी राजीनामा स्वीकृत गर्न लागिएको छ। तर, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत जेठमा उनले महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए। बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ। 

615
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja