काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान आज शनिबार भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
प्रि–म्याच कन्फरेन्समा शुक्रबार दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका थिए । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो ।