2026/07/31

ओलीले भने : यो सरकार रहिरहनु देशका लागि दुर्भाग्यपूर्ण

Admin
Admin

२०८०-०६-१२

551
Shares
ओलीले भने : यो सरकार रहिरहनु देशका लागि दुर्भाग्यपूर्ण

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहिरहनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। शुक्रबार विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

ओली एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनमा भाग लिन विराटनगर पुगेका हुन्। उनले कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको बताएका छन्।गठबन्धन सरकार नचलेको बताउँदै उनले सरकार अपराधीको संरक्षकका रुपमा देखिएको पनि ओलीले बताएका छन्।‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो,’ अध्यक्ष ओलीले पत्रकारहरुसँग भने।

सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले अहिले सरकारतिर ध्यान नदिएको बताए।‘हामी आफैँ जान चाहिरहेका छैनौँ,’ अध्यक्ष ओलीले जवाफमा भने। उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भए पनि कांग्रेसले यसबारे नसोचेको बताए। ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन’, उनले भने, ‘देशको अवस्थाप्रतिको गम्भीरता केही देखिँदैन।’ 

551
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja