2026/07/30

 एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बंगलादेशबीच बराबरी

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-११

508
Shares
 एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बंगलादेशबीच बराबरी

काठमाडौं ।  १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको छ । रेखा पौडेलले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । दुवै टिमका लागि यो लिग चरणको अन्तिम खेल हो । बंगलादेशले पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

विनचाउमा भएको खेलमा बंगलादेशले सबिनाको गोलले ४४ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ८२ औं मिनेटमा रेखाले नेपालका लागि गोल गरिन् । दुवै टिम प्रतियोगितामा जितहीन रहे । दुवै टिम जापान र भियतनामविरुद्धको खेलमा पराजित भइसकेको छ ।

नेपाल आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध २–० पराजित भएयता जापानविरुद्धको खेल ८–० ले गुमाएको थियो

508
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja