2025/11/20

माधव र बाबुरामलाई अर्को संकट, ललिता निवास प्रकरणमा फेरि अनुसन्धानमा तानिन सक्ने

Admin

२०८०-०६-०९

304
Shares

सर्वोच्च अदालतले सरकारसँग ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण सररकार सोधेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो ।

अदालतले विपक्षीको माग बमोजिम आदेश जारी हुन नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

यससँगै ललिता निवास प्रकरणमा यी दुई पूर्वप्रधानमन्त्रीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाउनुपर्ने बाध्यता आइलागेको छ ।

नेउपानेले ललिता निवासमा पूर्व प्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटको सुनुवाइ गर्दै सरकारलाई उक्त प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा किन दर्ता गरिएन भन्दै सरकारलाई लिखित जवाफसमेत पेस गर्न भनेको हो ।

सर्वोच्चले यसअघि दर्ता भएको दुईवटा रिटलाई साथै राखी पेस गर्नसमेत भनेको छ। नेउपानेले रिटमा उनीहरुमाथि पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । 

सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा ललिता निवासको कीर्तेसम्बन्धी मुद्दा दर्ता गरेको छ। यसअघि सर्वोच्चले यो प्रकरणमा संलग्न सबैमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

304
Shares

©News Kunja 2021-2025. All rights reserved.