2026/07/31

विनोद चौधरी र आरजुको स्कुलमा अखिल क्रान्तिकारीले लगायो ताला

Admin
Admin

२०८०-०६-०९

575
Shares
विनोद चौधरी र आरजुको स्कुलमा अखिल क्रान्तिकारीले लगायो ताला

ललितपुरको खुमलटारस्थित देशकै महँगो युलेन्स स्कुलमा अखिल क्रान्तिकारीले ताल्चा लगाएको छ । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालनिकट अखिल (क्रान्तिकारी) ले सांसदद्वय विनोद चौधरी र डा. आरजू राणाको लगानी रहेका स्कुलमा तालाबन्दी गरेको हो । 

सरकारले निजी शैक्षिक संस्थाका मालिकहरुको दबाब, प्रभाव र चाहनामा शिक्षामा निजीकरण र व्यापारीकरणलाई कायम राखी संसदमा दर्ता गरेएको प्रस्तावित शिक्षा विधेयकप्रति क्रान्तिकारीले आपत्ति जनाउँदै ताल्चा लगाएको हो ।

‘प्रस्तावित विधेयकमा व्यवस्था गरिएको प्रावधानहरु राज्यले आफैँले बनाएको संविधानविपरीत त छ नै सरकार माफियाहरुबाट सञ्चालित छ भन्ने कुराको र सरकारले शिक्षामा निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिरहेको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विडम्बनाको कुरा त के छ भने निजी शिक्षामा मन्त्री सांसद, उच्च पदस्थ कर्मचारी र शिक्षामन्त्री स्वयम्कै लगानी छ ।’

575
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja