काठमाडौं । चीन भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता भएको छ ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा २ नेताबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सरोकार र हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार(आज) नै आफ्ना चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको द्विपक्षीय भेटवार्ताका नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
बेइजिङमा भेटवार्ताहरूपछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ ।