2026/07/31

सुदूरपश्चिम प्रदेशमा विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०७

535
Shares
सुदूरपश्चिम प्रदेशमा विषयगत समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत गठित चारवटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार चारवटा विषयगत समितिलाई पूर्णता दिन सभामुख भीमबहादुर भण्डारीले आइतबार(आज) प्रदेश सभा सदस्यहरूसँग छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने छ। मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ। त्यस्तै असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ। 

समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरू बस्ने गरेको छ। जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो। प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन्। 

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा प्रदेश सरकार बनेको छ।

535
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja