2026/07/30

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला मंसिरमा सुनाइने

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०७

603
Shares
प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला मंसिरमा सुनाइने

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सुनुवाइ सकिएको छ ।

साथै निर्णय सुनाउनका लागि मंसिर १८ गतेको मिति तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जारी गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आइतबार सुनुवाइ सकिएको हो ।

बालकृष्ण ढुंगेललाई अदालतले जन्मकैदको सजाय तोक्दा माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया नटुङ्गिँदै अदालतले हस्तक्षेप गरेको अभिव्यक्ति दिएका थिए ।​ त्यसैविरुद्ध त्रिपाठीले रिट दर्ता गराएका हुन्।

बहसका क्रममा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।

प्रचण्डको अभिव्यक्ति स्वतन्त्र न्यायपालिकामाथि प्रहार रहेको तथा अदालतको गरिमालाई समेत घटाउने काम भएको हुँदा अवहेलना मुद्दामा हदैसम्मको कारबाही हुनुपर्ने माग उनले गरे ।

अदालतको अवहेलना मुद्दामा १ वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । प्रचण्डले अदालतको फैसला मान्दैनौं, अदालतले हामी माओवादीलाई फसाउने षड्यन्त्र गर्दैछ भनेर दिएको भाषणका आधारमा २०७२ सालमै रिट दायर भएको थियो ।

आइतबारको बहसका क्रममा रिट निवेदक त्रिपाठीले पनि प्रचण्डलाई सजाय हुनुपर्ने माग गरेका छन् ।  प्रचण्डको तर्फबाट वरिष्ठ अधिवक्ता समेत रहेका पूर्व महान्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र मुक्ति प्रधानले बहस गरेका छन् ।

603
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja