2026/07/29

१०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि झिनो बढोत्तरी, तोलाको कति पुग्यो?

Admin
Admin

२०८०-०६-०७

548
Shares
१०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि झिनो बढोत्तरी, तोलाको कति पुग्यो?

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य १०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले महँगिएको छ। आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ थियो। बुधवार १ लाख १२ हजार ८०० रुपैयाँ रहँदा मंगलबार १ लाख १३ हजार थियो।

त्यसैगरि, गत शुक्रबार १४२५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज प्रतितोला १४३० पुगेको छ। बुधबार प्रतितोला १४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १४१० रुपैयाँ पुगेको थियो।

‍त्यसैगरि, अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस १९२४.१६ डलरमा कारोबार भएको सुनको मूल्य आज १९२५.४२ डलर पुगेको छ। शुक्रबार प्रतिऔंस २३.५६ डलर रहेको चाँदीको मूल्य आज २३.५५ डलरमा कारोबार भइरहेको छ।

548
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja