2026/04/16

मुगुको गमगढी बजारमा आगलागी, आठ घर जलेर नष्ट

रायबर अनलाइन

२०८०-०६-०६

489
Shares

मुगु मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदीप रावल र  पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ । 

त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रूपदेवी बुढा,  उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ । 

विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्लो बजारमा  आगलागी हुँदा १९ घर जलेर नष्ट  भएका थिए  । 

489
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.