2026/07/28

राहत शिक्षकहरुको आन्दोलन निरन्तर, जिल्लाबाट अन्यलाई पनि झिकाइँदै

Admin
Admin

२०८०-०६-०६

578
Shares
राहत शिक्षकहरुको आन्दोलन निरन्तर, जिल्लाबाट अन्यलाई पनि झिकाइँदै

राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्ता गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका थिए ।

नेपाल शिक्षक महासंघ र विभिन्न सरोकारवालाहरुको नेतृत्वमा हिजो सरकारसँग ७ बुँदे सहमति भएपनि राहत शिक्षकहरुले उक्त सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलन कायम राखेका छन् ।

आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राखेका हुन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए ।

राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र आन्दोलनरत शिक्षकहरुको सहमतिमा ४५ हजार राहत शिक्षकको माग सम्बोधन नभएको बताए ।

राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए । 

आन्दोलन अघि बढाउने निर्णयसँगै राहत शिक्षक केन्द्रीय समितिले जिल्लामा रहेका अन्य शिक्षकहरुलाई पनि काठमाडौं झिकाएका छन् । 

 
578
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja