2026/04/10

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा चन्द्र भण्डारीसहित आठजना मनोनित

Admin

२०८०-०६-०४

452
Shares

काठमाडौँ, ४ असोज 

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।

मनोनित हुनुहुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा चन्द्रकान्त भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई मनोयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 

452
Shares

©News Kunja 2021-2026. All rights reserved.